पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप « Khabarhub

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा निर्देशित फिल्मको पूर्वी जिल्लामा धमाधम प्रि-बुकिङ भएको पाइएको छ । फिल्म हलमा लाग्नु दुई दिन बाँकी रहँदै यस फिल्मका टिकट उल्लेख्य संख्यामा बिक्री भएको पाइएको हो ।

हलहरुले बुधबार बिहानसम्म यस फिल्मका लागि १६५ भन्दा केही बढी शो छुट्याएका छन् । प्रदर्शनरत फिल्म ‘परान’ हेर्न दर्शक हलमा पुग्ने संख्या बढ्दो रहेकाले यो फिल्मले त्यसभन्दा धेरै बढेर शो नपाउने देखिन्छ ।

तथापि यो फिल्मको क्रेज प्रि–बुकिङले देखाएको छ । पूर्वका हलका १२ वटा शो अहिले टिकट हाउसफूल बुकिङ भएको छ ।

झापाको बिर्तामोडको स्थिति वान स्पट हलले छुट्याएको शुक्रबारको पाँच शोको बुकिङ हाउसफुल छ । त्यहाँको बिहान १०, दिउँसो १, ४ बजे, साँझ ७ र ७ः४५ बजेको शोको बुकिङ हाउसफुल छ ।

झापाकै दमकको डी म्याक्स सिनेमा तीन शो अहिले नै प्याक भएको छ । त्यहाँको साँझ ५, ८, र साढे ८ को शोको बुकिङ हाउसफुल छ ।

धरानको फ्रेन्ड्स सिनेमाको पनि तीन शो अहिलेलै पूरा बुकिङ भइसकेको छ । बिहान ८ बजेको, दिउँसो १र ३ बजेको शोको बुकिङ हाउसफुल छ । त्यस्तै, बिर्तामोडकै पाथीभर सिनेप्लाजाको साँझ ७ बजेको शोको बुकिङ पनि हाउसफुल छ ।

दुई दिन अगावै यो संख्यामा हाउसफुल प्रि–बुकिङ हुने घटना दुलर्भ हो ।यस फिल्ममा नायक दयाहाङ राई र मिरुना मगर शीर्ष भूमिकामा छन् ।

‘जारी २’सँगै प्रदर्शनमा आउन लागेको अर्को फिल्म ‘मन बिना धन’ले भने यसको तुलनामा निकै कम शो पाएको छ । यसले ३० भन्दा कम शो पाएको छ । तथापि यसको पनि दमकस्थित डी–माम्याक्सको दिउँसो १ र साँझ ६ बजेको शोको बुकिङ हाउसफुल छ ।

यस फिल्मको मुख्य पात्र बाल गायक अशोक दर्जी हुन् । उनको गृह जिल्ला प्रि-बुकिङ राम्रो देखिएको हो । यही फिल्मबाट गायक तथा संगीतकार टंक बुढाथोकीले फिल्म निर्देशनमा डेब्यू गरेका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ४६ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण