बुधबार श्रीकृष्णको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक शुक्ल पक्षको पूर्णिमा तिथि। गुरु नानक जयन्ती । कात्तिक स्नान समाप्ति । तदनुसार सन् २०२५ नोभेम्बर ५ तारिख।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्ण अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ
– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी–देवताको कृपा हुने गर्छ।
– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।
– जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : २९ बजे

विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी