झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै « Khabarhub

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् । भेटघाट गर्ने स्थल भने टुङ्गो लागेको छैन ।

खनालका अनुसार आफ्नी पत्नी जेन-जी आन्दोलनमा घाइते हुँदा नेताहरूले देखाएको सद्भाव र मायालाई धन्यवाद दिनका लागि नेताहरूलाई भेट्न लागेका हुन् ।

खनालले हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूलाई देखाएको माया र सद्‌भावप्रति धन्यवाद दिएका थिए ।

‘मैले नेताहरूलाई भेटेर राजनीतिक कुरा गर्नेभन्दा पनि मप्रति देखाउनुभएको माया र सद्भावका लागि धन्यवाद दिन भेटेको हुँ’, खनालले खबरहबलाई भने, ‘नेताहरूसँग मेरो भेट्ने क्रम जारी छ । हिजो केपी कमरेडलाई भेटे आज प्रचण्ड कमरेडलाई भेट्दै छु। भोलि अन्य नेताहरूलाई पनि भेट्नेछु।’

खनालले ओलीको सँगको भेटमा पनि सन्चो बिसन्चो र पारिवारिक सम्बन्धको विषयमा कुराकानी बढी भएको बताए ।

राजनीतिक कुराकानीका क्रममा एमाले अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरूका लागि समूहगत एकताभन्दा पनि व्यक्तिगत प्रवेशमा जोड दिने कुरा बताएको खनालले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ४२ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा