पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री : एमालेमा फर्किने तयारी « Khabarhub

पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री : एमालेमा फर्किने तयारी


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दैछिन्। नेकपा माओवादी केन्द्रसहितका वाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेकी झाँक्रीसहितका नेताको समूहले बुधबार बिहान पत्रकार सम्मेलन गर्न लागेको हो।

यो समूहले बिहान १० बजे काठमाडौंको बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेकी हुन्। पत्रकार सम्मेलनबारे जानकारी दिँदै झाँक्रीले भनेकी छन्, ‘हाम्रो विचार सुन्न र बहसमा सहभागी हुनका लागि आदरणीय पत्रकार साथीहरू तथा सम्पूर्ण परिवर्तनकामी क्रान्तिकारी साथीहरूलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।’

आजै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्दैछन्। त्यसअघि असन्तुष्ट नेताले पत्रकार सम्मेलन गर्न लागेका हुन्। एकीकृत समाजवादीका नेतामध्ये झाँक्रीसँगै किसन श्रेष्ठलगायत नेता एमाले प्रवेश गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : २२ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं