विश्वकप लिग-२ : युएईविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

विश्वकप लिग-२ : युएईविरुद्ध नेपाल ब्याटिङमा


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले सुरुमा ब्याटिङ गर्दैछ । युएईले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो ।

जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हारको सामना गरेकाले आजको खेल जित्नैपर्ने दबाब छ ।

पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो। आजको खेल जित्नै पर्ने दबाबमा नेपाल छ।
अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ।

अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा छ। अमेरिकाले २४ खेल खेल्दा ३६ अंक जोडेको छ भने १९ खेल खेलेको युएईले ८ अंक मात्र बनाएको छ।

समान १९ खेल खेलेको नेपालको १२ अंक छ। तीन खेल खेलिसक्दासमेत नेपालले युएई शृङ्खलामा अंक जोड्न सकेको छैन।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ४३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको