झापा महिला गोल्डकपमा आज सङ्कटा र झापा भिड्ने « Khabarhub

झापा महिला गोल्डकपमा आज सङ्कटा र झापा भिड्ने


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा– झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आज (बुधबार) सङ्कटा फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा दिउँसो हुने खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । 

यसअघि मंगलबार भएको खेलमा पाहुना टोली सिक्किमको सिंग्लिङ क्लबलाई ७–० गोलले हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

कात्तिक २४ गतेसम्म चल्ने प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, सङ्कटा, झापा, आरएस पोखरा र सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लब गरी आठ टोली सहभागी छन् ।

प्रतियोगिता अन्तर्गत चौथो क्वार्टरफाइनलमा बिहीबार त्रिभुवन आर्मी क्लब र आरएस पोखरा क्लब भिड्ने छन् । यस्तै पहिलो सेमिफाइनल कात्तिक २१ गते, दोस्रो सेमिफाइनल कात्तिक २२ गते र फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ११ : ०५ बजे

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग