काठमाडौं – प्रदर्शनरत ‘परान’का निर्माता रञ्जित आचार्यले चाँडै अर्को फिल्म निर्माणको घोषणा गर्ने खुलासा गरेका छन् ।
‘परान’ हलबाट नउत्रदै यही फिल्मको टिमले नयाँ फिल्म बनाउने घोषणा गर्ने उनले बताए ।
बानेश्वरको एक हलमा मंगलबार साँझ केही चर्चित व्यक्तिहरुलाई आमन्त्रण गरिएको शो पश्चात मिडियासँगको कुराकानीमा निर्माता आचार्यले भने, ‘म प्रिमियरमै दोस्रो फिल्म घोषणाको तयारीमा थिएँ । यो फिल्म हलमा हुँदै हाम्रो अर्को फिल्मको घोषणा हुनेछ ।’
आफूहरुले बनाउने फिल्मको कथा ‘परान’को जस्तै सामाजिक र पारिवारिक हुने उनको भनाइ छ । उनले भने, ‘समाजकै स-साना घटना समेटेर हामी स्क्रिप्ट चयन गर्छौं ।’
‘परान’ गत शुक्रबारबाट प्रदर्शनमा आएको हो । सकारात्मक ‘वर्ड अफ माउथ’का कारण यसको शो संख्या र अकुपेन्सी बढ्दो छ । हलहरुले सोमबारबाट यसको शो बढाएका हुन् ।
प्रदर्शनको तीन दिनपछिबाट फिल्मले पिकअप लिएको हो । यही फिल्मबाट निर्देशक दीपक आचार्यले डेब्यू गरेका हुन् ।
रञ्जित र व्यवासी शेखर गोल्छाको संयुक्त लगानी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले यो फिल्मको निर्माण गरेको हो ।













प्रतिक्रिया