‘परान’मा दर्शक बढ्न लागेपछि निर्माताले भने– चाँडै अर्को फिल्म घोषणा गर्छौं « Khabarhub

‘परान’मा दर्शक बढ्न लागेपछि निर्माताले भने– चाँडै अर्को फिल्म घोषणा गर्छौं


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शनरत ‘परान’का निर्माता रञ्जित आचार्यले चाँडै अर्को फिल्म निर्माणको घोषणा गर्ने खुलासा गरेका छन् ।

‘परान’ हलबाट नउत्रदै यही फिल्मको टिमले नयाँ फिल्म बनाउने घोषणा गर्ने उनले बताए ।

बानेश्वरको एक हलमा मंगलबार साँझ केही चर्चित व्यक्तिहरुलाई आमन्त्रण गरिएको शो पश्चात मिडियासँगको कुराकानीमा निर्माता आचार्यले भने, ‘म प्रिमियरमै दोस्रो फिल्म घोषणाको तयारीमा थिएँ । यो फिल्म हलमा हुँदै हाम्रो अर्को फिल्मको घोषणा हुनेछ ।’

आफूहरुले बनाउने फिल्मको कथा ‘परान’को जस्तै सामाजिक र पारिवारिक हुने उनको भनाइ छ । उनले भने, ‘समाजकै स-साना घटना समेटेर हामी स्क्रिप्ट चयन गर्छौं ।’

‘परान’ गत शुक्रबारबाट प्रदर्शनमा आएको हो । सकारात्मक ‘वर्ड अफ माउथ’का कारण यसको शो संख्या र अकुपेन्सी बढ्दो छ । हलहरुले सोमबारबाट यसको शो बढाएका हुन् ।

प्रदर्शनको तीन दिनपछिबाट फिल्मले पिकअप लिएको हो । यही फिल्मबाट निर्देशक दीपक आचार्यले डेब्यू गरेका हुन् ।

रञ्जित र व्यवासी शेखर गोल्छाको संयुक्त लगानी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले यो फिल्मको निर्माण गरेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : ५० बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत