पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण  « Khabarhub

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै कमजोर आएको छ । 

नेपाल नर्सिङ परिषद्ले कात्तिक १६ देखि १८ गते सम्म सञ्चालन गरेको परीक्षामा जम्मा १७ दशमलव ४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । 

परिषद्का  अनुसार पीसीएल नर्सिङको लाइसेन्स परीक्षाका लागि ६४५ जनाले फारम भरेका थिए ।  जस मध्ये  ६०२ जना मात्रै  सहभागी भएका थिए।  परीक्षामा सामेल भएका मध्ये १०५ जना मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेको परिषद्ले जनाएको छ । 

नर्सिङ परिषद्ले गत असारमा लिएको लाइसेन्स परीक्षामा १९ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । यस्तै बीएस्सी नर्सिङ तर्फ ४५ दशमलव ७१ प्रतिशत उत्तीर्ण भएका छन् । बीएस्सी नर्सिङमा कुल २१० जनाले दिएको परीक्षामा ९६ जना मात्रै पास भएको परिषद्ले जनाएको छ । 

त्यस्तै विशेषज्ञ नर्सको नाम दर्ता परीक्षामा ८९ जना सहभागी भएकोमा ५० जना मात्रै उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ४ : ३१ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै