मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने « Khabarhub

मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी पुसमा हुने भएको छ । 

रिक्त हुन लागेको उपाध्यक्षसहित आठ सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । काउन्सिलले बुधवार सार्वजनिक गरेको तालिका अनुसार कात्तिक २५ गते प्रथम मतदाता नामावली प्रकाशन गरिने छ भने भोलिपल्ट त्यसउपर दाबी–विरोध, कात्तिक २७ गते सुनुवाइ र अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । 

त्यस्तै, कात्तिक २८ र ३० गते उम्मेदवारीको मनोनयन पत्र दाखिला, मंसिर १ गते मनोनयन पत्र जाँच्ने तथा उम्मेदवारीको प्रथम नामावली प्रकाशन, २ गते नामावलीउपर दाबी–विरोध, ३ गते त्यसबारे सुनुवाइ र नामावली प्रकाशन, ४ गते उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । 

काउन्सिलका अनुसार चुनाव पुसमा हुने छ । पुस ४ र ५ गते बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म काठमाडौं उपत्यकाबाहिर र पुस ११ र १२ गते उपत्यकाभित्र मतदानको तालिका रहेको छ । 

उपाध्यक्ष पदका लागि उम्मेदवारको न्यूनतम योग्यता दर्तावाला चिकित्सक भई कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको र सदस्यका निम्ति कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्ने छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ०५ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै