देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ « Khabarhub

देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाटन– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटक पटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकोमा चिन्ता व्यक्त गरेका छन् । करिब एक दशकको अन्तरमा हुने आन्दोलन नै देशको स्थिरता र विकासको बाधक भएको उनले बताए  ।

राष्ट्रिय एकताका लागि नागरिक पहलले बुधबार ललितपुरमा आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरी–२०८२’ कार्यक्रममा उनले हरेक आन्दोलनबाट व्यवस्था परिवर्तन हुने भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसक्दा सधैँभरी असन्तुष्टि पैदा हुने र त्यसले सङ्क्रमणकालीन अवस्था निम्त्याउने बताए ।

‘नेपालमा आन्दोलन धेरै भएका छन्, प्रायःजसो १० वर्षको आसपासमा विभिन्न कालखण्डमा केही न केही आन्दोलन गरिरहन्छौँ । आन्दोलन हुने, व्यवस्था परिवर्तन हुने र परिस्थिति परिवर्तन नहुने भइराखेको छ, यस्तो सङ्क्रमणकालीन अवस्थाले मुलुकमा अस्थिरता ल्याउँछ ।’ उनले भने ।

जेन-जी प्रतिनिधि मोनिका निरौलाले दलहरूभित्र नेतृत्व हस्तान्तरण, आन्तरिक रूपान्तरण आवश्यक रहेको बताउँदै नागरिक बाँच्नका लागि बिदेसिनुपर्ने अवस्थाले निराशा पैदा गरेको बताइन् । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : २६ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै