नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित « Khabarhub

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले फेरि पराजय भोगेको छ।

यूएईमा भएको सिरिजमा नेपाल लगातार चौथो खेलमा अंकविहीन भएको हो । बुधबारको अन्तिम खेलमा नेपाललाई घरेलु टोलीले ४ विकेटले हराएको छ।

आइसीसी एकेडेमी ग्राउण्डमा भएको खेलमा नेपालले पहिले ब्याटिङ रोजेर दिएको २४० रनको चुनौतीलाई यूएईले ४९ ओभर १ बलमा ६ विकेटको क्षतिमा भेट्टायो ।

यूएईलाई जिताउने क्रममा मोहम्मद शाहदादले सर्वाधिक ९६ रनको स्कोर गरे । उता मोहम्मद वासिन ७६ रन बनाए।

बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए। नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीको नाममा एक-एक विकेट रह्यो ।

टस हारेर पहिले ब्याटिङमा गएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन जोडेको थियो ।नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । कुशल मल्ल ४५ रन बनाउँदा आसिफ शेख ३४ रनमै रोकिए ।

यूएईका लागि ध्रुव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले २/२ विकेट झारे । अहिलेसम्म यूएईमा भएका यो सिरिजका सबै खेल नेपालले गुमाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : १७ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ