झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत « Khabarhub

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनलमा सङ्कटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई ६–० गोल अन्तरले पराजित गरेको छ ।

यो जीतसँगै सङ्कटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुआतदेखि सङ्कटा टोली आक्रामक देखिएको थियो । २३औँ मिनेटमा सेनु परियारले सङ्कटाका लागि पहिलो गोल गरेकी थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा समीक्षा मगरले अर्को गोल गर्दै सङ्कटाको अग्रता बढाएकी थिइन् ।

यसैगरी, ५५औँ मिनेटमा भुटानबाट अनुबन्धित छिरिङ वाङ्देनले तेस्रो गोल र ६१औँ मिनेटमा पूर्णिमा राईले अर्को गोल गर्दै झापा एफसीसँगको गोलअन्तर ४–० बनाएकी थिइन् । ८३औँ मिनेटमा रेनिसा शर्माले पाँचौँ गोल थपिन् भने अरुणा स्याङ्तेनले खेलको अन्तिम समयतिर अर्को गोल थपेर सङ्कटाको जीत ६–० मा पक्का गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच भइन् । उनले नगद रु १५ हजार र ट्रफी प्राप्त गरिन् । झापा एफसीका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । सङ्कटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले रणनीतिअनुसार नै खेलमा जित निकालेको बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख र सर्वोत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार पाउनेछन् ।

उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । भोलि बिहीबार हुने अन्तिम क्वाटर फाइनल खेलमा आरएस पोखरा र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ८ : ४२ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र