ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ « Khabarhub

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार २४ औँ एसियन आर्चरी च्याम्पियन्सीपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई शुभकामनासहित विदाइ गरेका छन् ।

विश्व आर्चरी कङग्रेस र विश्व आर्चरी च्याम्पियन्सीप बंगलादेशको ढाकामा हुँदैछ । आर्चरी कङग्रेस नोभेम्बर ६ देखि ८ तारिख र एसियन आर्चरी च्याम्पियन्सीप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ ।

राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले विश्व आर्चरी कङग्रेसमा सहभागिता जनाउनेछ । यसैगरी तिलक पुन मगर र ज्ञानु अवालेले एसिया आर्चरी च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

एनओसीका अध्यक्ष श्रेष्ठले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गर्दै राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ८ : ५० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५