अनलाइन ठगी बढ्दै, सचेत रहन प्रहरीको आग्रह « Khabarhub

अनलाइन ठगी बढ्दै, सचेत रहन प्रहरीको आग्रह


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौंले पछिल्ला दिनमा अनलाइनमार्फत हुने ठगीका घटनामा उल्लेख्य वृद्धि भएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत सस्तो मूल्यमा वस्तु उपलब्ध गराउने नाममा अग्रिम रकम बुझाएर ठगी गर्ने घटना तीव्र गतिमा बढेका छन्।

त्यस्तै, केही व्यक्तिहरूले ‘पैसा आएको छैन’ भन्दै वाट्सएप वा अन्य माध्यमबाट स्क्रिन सेयर गर्न लगाउने र त्यसै क्रममा ओटीपी मागेर बैंक खाता ह्याक गर्ने घटना पनि बढेको प्रहरीको भनाइ छ।

प्रहरीले कुनै पनि अपरिचित व्यक्तिसँग स्क्रिन सेयर नगर्न, ओटीपी नदिन र शंकास्पद लिंकमा क्लिक नगर्न आग्रह गरेको छ। यस्ता कार्यबाट सजिलै ठगीमा पर्ने भएकाले सचेत रहन प्रहरीले सर्वसाधारणलाई चेतावनी दिएको छ।

प्रहरीले ठगीका घटना देखिएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा जानकारी गराउन समेत अनुरोध गरेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : ३४ बजे

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा