जाँचबुझ आयोगसमक्ष आईजीपीले पनि दिए बयान « Khabarhub

जाँचबुझ आयोगसमक्ष आईजीपीले पनि दिए बयान


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङसँग जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले बयान लिएको छ। जेनजी आन्दोलनको घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बयान लिएको हो।

आयोगले यसअघि नै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर भदौ २३ गते फिल्डमा खटिएका प्रहरी कमान्डर तथा अधिकारीको विवरण माग गरेको थियो। जवाफमा प्रहरी प्रधान कार्यालयले जवानदेखि आईजीपीसम्म सबै फिल्डमा रहेको जानकारी गराएको थियो।

प्रहरीले फिल्डमा खटिएकाको जवाफ माग गरेपछि प्रहरी आयोगसँग रुष्ट छ। आयोगका संयोजक कार्कीले नै प्रहरीले सहयोग नगरेको गुनासो गरिसकेका छन्।

‘प्रहरी प्रधान कार्यालयले भदौ २३ गते गते गोली चलाएर युवाहरूको ज्यान गएको विषयमा प्रहरीको को कमान्डर खटिएको भन्ने प्रश्नमा टालटुले जवाफ दियो, ’ आयोग स्रोतले भन्यो, ‘जवानदेखि आईजीपीसम्म नै फिल्डमा खटिएको भनेपछि आईजीपीलाई नै बयानमा बोलाइयो।’

आयोगले उक्त दिन फिल्डमा खटिएका प्रहरी अधिकारीहरुसँग बयान लिने तयारी गरिरहेको छ। सम्भवत बिहीबार या शुक्रबार प्रहरीका अन्य अधिकारीसँग आयोगले बयान लिनेछ।

आजै बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि आयोगले बयान लिएको थियो।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : ४२ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी