आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा « Khabarhub

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ आम निर्वाचनपछि आफ्नो ब्यारेकमा फर्किने बुधबार बताएको छ ।

सेना मुख्यालयको आर्मी ट्रेनिङ एन्ड डक्ट्रिन कमान्डका जनरल अफिसर लेफ्टिनेन्ट जनरल मोहम्मद मैनुर रहमानले बुधबार ढाकामा पत्रकार सम्मेलनमा भने, “चुनाव सकिएपछि सेना आफ्नो ब्यारेकमा फर्कनेछ ।”

उनले चुनावले देशलाई थप स्थिर बनाउने र समग्र सार्वजनिक सुरक्षामा सुधार आउने विश्वास व्यक्त गरे । सेनाले विगत १५ महिनादेखि आफ्नो शिविर बाहिर ड्युटी गरिरहेको उनले बताए ।

उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गर्न सेनाको टोली तयार रहेको पनि बताए । बङ्गलादेशको निर्वाचन आयोगले यसअघि नै देशको आम चुनावको सुरक्षाका लागि एक लाख सेना परिचालन गर्ने घोषणा गरेको थियो।

गत वर्ष पूर्व प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि पहिलो पटक फेब्रुअरी २०२६ मा आम निर्वाचन आयोजना गर्ने घोषणा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले गरेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ३२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५