फिल्म प्रदर्शनको संघारमा टंकले किन भने– अशोकले हार्दैछन् | Khabarhub Khabarhub

फिल्म प्रदर्शनको संघारमा टंकले किन भने– अशोकले हार्दैछन्


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको बाल गायक अशोक दर्जी शीर्ष भूमिकामा रहेको फिल्म ‘मन बिनाको धन’लाई पहिलो दिन शुक्रबारका लागि हलहरूले बिहीबार बिहान ११ बजेसम्म ५० भन्दा बढी केही बढी शो छुट्याएका छन् ।

यो फिल्मसँगै प्रदर्शनमा आउन लागको फिल्म ‘जारी २’ले करिब दुई सय हाराहारी शो पाएको छ ।

एकैदिन प्रदर्शनमा आउन लागेका दुई फिल्मको शो संख्यामा ठूलो अन्तर भएपछि गायक तथा संगीतकार एवं ‘मन बिनाको धन’का निर्देशक टंक बुढाथोकी असन्तुष्ट बनेका छन् ।

उनले फेसबुकमार्फत दर्शकले विश्वास गर्दा हल सञ्चालकहरूले अविश्वास गरेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘सिनेमाघर सञ्चालकहरूले मन बिनाको धनलाई नपत्याए पनि हामीलाई हजुरहरू (दर्शक) पत्याउनु भएको छ ।’

हलहरूको यो कदमले टंकले निरीह महसुस गरेका छन् । उनले लखेका छन्, ‘म हार्दैछु । मलाई हराउन धेरै लागे । सधैँ लागे ।’

काम शो दिने हलहरुको निर्णयलाई उनले अशोकको करिअरसँग पनि जोडेका छन् । दर्शकबाट सहानुभूतिको अपेक्षाको आशयसहित उनले लेखेका छन्, ‘भोलिबाट प्रदर्शन हुने हाम्रो चलचित्रलाई एकदमै कम शो दिने । कतिपय ठाउँमा नदिने निर्णयले दुख लागेको छ । म हार्दैछु, मसँगै अशोकले पनि हार्दैछन् ।’

दर्शकबाट टंककले न्यायको अपेक्षा राखेका छन् ।

टंकले दाबी गरे जस्तै यो फिल्मको शो संख्या कम छ । प्रि–बुकिङ पनि राम्रै देखिन्छ । प्रि–बुकिङमै चारभन्दा बढी शोको टिकट पूरा बिक्री भएको छ ।

कात्तिक १४ देखि प्रदर्शनमा आएको फिल्म ‘परान’को उच्च शो र अकुपेन्सी हलमा लागिरहेको छ । असोज ३१ बाट प्रदर्शनमा आएको ‘जेरी अन टप’ले दर्शकबाट उस्तै साथ पाइरहेको छ ।

हिट फिल्म ‘जारी’को सिक्वेल भएकाले ‘जारी २’को बुकिङ पनि आक्रामक छ । सोहीकारण पनि यसले बढी शो पाएको छ ।

यी तीन फिल्मको चेपुवामा परेर ‘मन बिनाको धन’ले कम शो पाएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ११ : ४१ बजे

नैनसिंहले कांग्रेस बैठकमा उठाए ‘एक व्यक्ति, एक पद’ र युवा सहभागितको मुद्दा

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

नेपालगञ्ज–  बाँकेमा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ

रवि र छविको मुद्दामा जिल्लाबाट फाइल झिकाउन उच्चको आदेश

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा नख्खु कारागारमा रहेका

टीआईए बास्केटबल भोलिदेखि

एजेन्सी – ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा १७ औं

रास्वपा विस्तारित बैठक : चार प्रतिवेदन पेश हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विस्तारित बैठक भोलिबाट सुरु हुने