नाट्य महोत्सवमा ४ नाटक मञ्चन: शिल्पीमा ‘चम्पावती’ मञ्चन हुँदा थिएटर मलमा ‘टु बी’ « Khabarhub

नाट्य महोत्सवमा ४ नाटक मञ्चन: शिल्पीमा ‘चम्पावती’ मञ्चन हुँदा थिएटर मलमा ‘टु बी’


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा जारी ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को तेस्रो दिन एक सय सर्प नचाउने समुदायको कथा समेटिएको नाटक ‘चम्पावती’ मञ्चन भयो । भारतको निकै पुरानो र चर्चित नाट्य समूह रितविक थिएटरले यो नाटक शिल्पी थिएटरमा मञ्चन ग–यो ।

पुरुषको भद्दा इच्छाको अगाडि पिल्सिएकी एक युवतीको कथालाई कथानक बनाइएको यो नाटकमा पुरुषले महिलाप्रति देखाउने भोगलिप्साको परकाष्ठालाई छर्लङ्ग पारेको छ । चम्पावती आफ्नो समुदायबाट बाहिरिनु परेपनि उनी आफ्ना श्रीमानको जीवन बचाउन जिन्दगी दाउमा राख्ने कथा नाटकमा छ ।

आर्थिक रुपमा उच्च वर्गकी अर्की महिला पनि उही पुरुषको दासत्वमा कसरी बाँच्छिन् भन्ने कुरालाई पनि नाटकमा देखाइएको छ । तर, ती महिलाले बिस्तारै घरेलु साङ्लो तोड्छिन् र घरमा हुर्किएको संरचनागत पुषत्वको विरुद्ध नाटक अगाडि बढ्छ ।

यो नाटकलाई दुई महिलाको साहस र सङ्घर्षको कथाका रुपमा हेर्न सकिन्छ ।

नाटकमा मञ्चसज्जालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रत्यक्ष संगीतमा मञ्चन हुने यो नाटकमा कलाकारको अभिनय र निर्देशकको कौशलको पनि तारिफ गरियो ।

विप्लब देइको निर्देशन रहेको यो नाटकका नाटककार सैयद शमसुल हुन् । १ः३० मिनेट समयअवधिको यो नाटकलाई नेपाली दर्शकहरुले रुचिका साथ हेरे ।

नाटक ‘माइ फादर इज अ मर्डरर’ को एक दृश्य/तस्वीर – नविनबाबु गुरुङ

थिएटर मलमा ‘टु बी’

काठमाडौं – ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५’ को तेस्रो दिन बुधबार कीर्तिपुरस्थित किर्तिपुर रङ्गमञ्च, थिएटर मलमा डेनमार्कको नाटक ‘टु बि’ पहिलो नाटकका रूपमा प्रस्तुत गरिएको छ ।

ज्याक्युज सेफेरियन क्याथेसिनले निर्देशन गरेको यो नाटक प्रस्तुतिको हिसाबले निकै नै रोचक रह्यो । नाटकमा निर्देशकले बालबालिकालाई वरिपरि राखेर एउटा टेबलमाथि नाटक मञ्चन गर्छन् ।

उनी साठी जनालाई मात्र नाटकमा दर्शक राख्ने गरेपनि महोत्सव भएकाले धेरै दर्शकको उपस्थिति थियो । सोही कारण साठी जनाको घेराभन्दा बाहिर बसेर पनि दर्शकले उनको नाटक हेरेका थिए ।

साठी दर्शकलाई नजिक राखेर नाटक देखाउनुको कारण उनका पात्रहरू असाध्यै साना हुने भएकाले हो । सुन्दामात्रै चाहिँ यो अचम्म लाग्छ कि उनका मुख्य पात्रहरू ब्रस हुन्छन् । दाँत सफा गर्ने ब्रस, पेन्टिङ गर्ने स–साना बल तथा स–साना खेलौनालाई उनले मुख्य पात्रहरु बनाउँछन् ।

स–साना पात्रमा उनले ठूला कथाहरु भन्छन् । उनले नाटकमार्फत मानिसका आधारभूत जीवनका कथाहरु सुनाउँछन् ।

उनले नाटकमा बेलुनका माध्यमबाट जीवन र जगतको चित्रण गर्छन् । ती स–साना बेलुनहरु बालबालिकाका रोजाइ पनि हुन् ।

यस्तै काठमाडौंमा महोत्सव पारेर कौशी थिएटरमा नाटक ‘माइ फादर इज अ मर्डरर’ र मण्डला थिएटरमा नाटक ‘द जब’ मञ्चन गरिएको थियो ।

नाट्य महोत्सव फागुन २० गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ११ : ५१ बजे

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट

ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार सात अर्ब नाघ्यो

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको

ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ