दीपक खड्का भन्छन् : चुनावअघि महाधिवेशन हुँदैन, आगामी जेठमा गरौँ « Khabarhub

दीपक खड्का भन्छन् : चुनावअघि महाधिवेशन हुँदैन, आगामी जेठमा गरौँ


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता खड्काले विस २०८३ जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी पार्टी अघि बढ्नुपर्ने बताए ।

‘नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशील हुन्छ,’ उनले भने ।

उनले नेपाल एक सनातन वैधिक, धार्मिक राष्ट्र भएकाले राष्ट्रको पनि धर्म हुनुपर्ने विधानमा नै लेखिनुपर्ने बताए ।

नेता खड्काले कांग्रेस कमजोर हुँदा राष्ट्रियतामाथि खतरा उत्पन्न हुने नागरिक असुरक्षित हुने र लोकतन्त्र नै समाप्त हुने हुँदा सबै कुरा बिर्सेर पार्टीभित्र एकता कायम गर्नुपर्ने बताए ।

उनले सबै केन्द्रीय पदाधिकारी समेत वुथबाट प्रतिनिधी भएर आउने व्यवस्था गर्नुपर्ने, पार्टीभित्रका सबै तहमा कम्तिमा १० प्रतिशत जेनजी पुस्तालाई सिट सुरक्षित गर्नुपर्ने, पार्टीको विधानलाई समयानूकुल बनाउन एक विधायन संशोधन समिति तत्काल गठन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ३ : ४५ बजे

रसुवा बाढीबाट प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवा

रास्वपाकै सांसदको गुनासो : ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो भयो

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले दसैँका बेला हवाई

पर्सामा लागूऔषध गाँजासहित तीन जना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई  नियन्त्रणमा लिएको छ । 

राजदूत प्रकरणमा ज्ञानेन्द्रले घेरे सरकारलाई : विदेशी सहयोगमा पालितपोषितकै हालिमुहाली भएछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको