बालेनविरुद्ध तीनवटा कसुरमा जाहेरी, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग « Khabarhub

बालेनविरुद्ध तीनवटा कसुरमा जाहेरी, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध साइबर ब्यूरोमा जाहेरी दर्ता गराएको छ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङले बिहीबार उक्त जाहेरी साइबर ब्यूरोमा दर्ता गराएका हुन् ।

जाहेरीमा गुरुङले नगरप्रमुख साहले आफ्नो व्यक्तिगत फेसबुक आईडी ‘बालेन’बाट विदेशी राष्ट्र, भिन्न राजनीतिक दल र सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई आपत्तिजनक शब्द र गाली गरी सार्वजनिक शान्ति बिगार्ने काम गरेको उल्लेख छ।

बालेनले उक्त फेसबुक पोस्टबाट सामाजिक भाइचारा बिगार्ने सन्देश दिएको उल्लेख गरिएको छ। जाहेरीमा बालेनको उक्त पोस्टमा समावेश केही शब्दावलीमा आपत्तिजनक राखेको जाहेरीमा भनिएको छ ।

आपत्तिजनक ती अभिव्यक्तिका स्क्रिनसट पनि पेश गरिएको छ । ती पोस्टका स्क्रिनसटहरू पनि प्रमाणसहित संलग्न गरेर जाहेरी दिइएको गुरुङले बताए ।

जाहेरीमा कसुरको प्रकारको रूपमा सार्वजनिक शान्ति विरुद्धको कसुर, गाली बेइजतीसम्बन्धी कसुर र साइबर अपराधसम्बन्धी कसुर उल्लेख गरिएको छ।

गुरुङले सार्वजनिक पदमा बस्ने व्यक्तिले विदेशी देश र राजनीतिक दलप्रति अपमानजनक अभिव्यक्तिहरू गरेपछि देशको सामाजिक सम्बन्ध र मान-सम्मानमा असर पर्ने भनिएको छ ।

त्यहीकारण बालेनमाथि कडाभन्दा कडा कारबाही हुने गरी अनुसन्धान गरी पक्राउ गर्न भनिएको छ। युवा संघले बालेनको राहदानी रोक्का राख्न पनि माग गरेको छ । त्यसैगरी प्रमाण नष्ट हुन नदिन उनलाई कारबाही चलाउन पनि भनिएको छ ।

जाहेरीमा प्रयोग भएको प्रमाणका रूपमा फेसबुक स्टाटसका स्क्रिनसट, त्यसबारेका प्रकाशित समाचार तथा मिडियामा आएका सामग्रीहरू समावेश गरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : ०८ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको