कन्नड सिनेमाका अभिनेता हरिश रायको ६३ वर्षको उमेरमा निधन « Khabarhub

कन्नड सिनेमाका अभिनेता हरिश रायको ६३ वर्षको उमेरमा निधन


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कन्नड फिल्म उद्योगका प्रख्यात अभिनेता हरिश रायको ६३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग लडिरहेका हरिशको उपचारको क्रममा बेंगलुरुस्थित किदवई अस्पतालमा बिहीबार मृत्यु भएको हो।

करिब तीन दशकसम्म कन्नड सिनेमामा आफ्नो प्रभावशाली अभिनयले दर्शकहरूको मनमा छाप छोडेका रायले खलनायकदेखि भावनात्मक बुबा-छोरा पात्रसम्म विविध भूमिकामा आफ्नो छाप छोडेका थिए। उनको करियर कन्नड सिनेमाको स्वर्ण युगमा सुरु भएको थियो। सन् १९९० को दशकमा रिलिज भएको सुपरहिट फिल्म ‘ओम’ मा  ‘डन रोय’ को भूमिकाले उनलाई घर घरमा चिनाएको थियो।

हरिशले तमिल र कन्नड भाषाका ६० भन्दा बढी फिल्महरूमा अभिनय गर्दै दर्शकहरू माझ आफ्नो अभिनयको दाबी प्रस्तुत गरे। विगत केही वर्षदेखि गम्भीर बिरामी रहेका हरिशका लागि महँगा इन्जेक्सन र उपचार खर्च धेरै थिए, तर उनले चलचित्रको लागि आफ्नो जोश र प्रतिबद्धता कहिल्यै घटाएनन्।

उनको करियरको दोस्रो शिखर ‘केजीएफ : च्याप्टर १’ र ‘केजीएफ : च्याप्टर २’ मार्फत आएको थियो। प्रशान्त नील निर्देशित र यश अभिनीत ब्लकबस्टर फिल्ममा उनले ‘चाचा’ को भूमिका निभाउँदै दर्शकहरूको मन जितेका थिए। यस भूमिकाले उनको करियरमा नयाँ जीवन ल्यायो र उनलाई पुनः लोकप्रियता दिलाएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : १६ बजे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने