पुष्पसदन कप बास्केटबल शनिबारदेखि « Khabarhub

पुष्पसदन कप बास्केटबल शनिबारदेखि


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा विभिन्न विद्यालयका ५१ टिमले प्रतिस्पर्धा गर्ने पुष्पसदनका संस्थापक एवं निर्देशक महेश श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७ र गल्र्समा २५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री ढाँचामा हुनेछ ।

सामुदायिक विद्यालयका लागि प्रवेश निःशुल्क गरिएको प्रतियोगिता मंसिर १ गतेसम्म किर्तिपुरस्थित आयोजककै कोर्टमा हुनेछ ।

संस्थापक श्रेष्ठले विभिन्न स्तरका बुद्धिचाल, टेबलटेनिस, फुटसल र तानडोरी प्रतियोगिता आयोजना गर्दै आएकोमा चाँडै क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ४ : १८ बजे

भेरी अस्पतालमा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी

बागमतीको गाँठो नफुकेपछि ओ‌‌लीले सबै सांसदलाई गुन्डुमा झिकाए, राप्रपाको सहयोग नमिल्दा जगन्नाथ जिल्लिए

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने निर्णयले

पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

काठमाडौं– सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन

‘हिमालयन गोल्ड’को टिजर : कर्माको रहस्यमयी लुक्स र सुनीलको डाइलग मुख्य आकर्षण

काठमाडौं – देशको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सका हलहरूमा हिमालमा