उसुको विकास र विस्तारका लागि सम्झौता « Khabarhub

उसुको विकास र विस्तारका लागि सम्झौता


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट्स अर्गनाइजेसनबीच संयुक्त रूपमा ३ वर्षको लागि उसु खेल विकास र विस्तारका गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा मार्सल आर्ट्स अर्गनाइजेसनका अध्यक्ष राजिव महर्जन र शिचुवान प्रान्त उसु संघका कार्यकारी निर्देशक तथा मियाँङ उसु संघका महासचिव लि छिङले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा दुई पक्षबीच उसु खेलको विकासमा दुवै पक्षले एक आपसमा सहयोग गर्ने उल्लेख गरिएको छ । उक्त कार्यक्रममा मियाँङ नगरपालिकाका उप मेयर लि झिन, मियाँङ उसु संघका उपाध्यक्षको उपस्थित रहेको थियो ।

सम्झौता पत्रमा उसु खेलको प्रवर्द्धन र विकास गर्ने उद्देश्यका साथ दुवै पक्षहरूले एक अर्काको देशमा उसु खेलको प्रशिक्षण गर्न/गराउन प्रत्येक वर्ष प्रतिनिधि पठाउने, उसु खेलको इतिहास, दर्शन, प्रशिक्षण विज्ञान र खेलकुद चिकित्सा जस्ता विषयहरूमा गहन छलफल गर्न दुवै पक्षका विज्ञहरू र विद्वानहरूलाई बोलाउने, छोटो अवधिको लागि उसु शिक्षण र प्रशिक्षणको लागि उत्कृष्ट प्रशिक्षकहरूको आदानप्रदान गर्ने, दीर्घकालीन प्रशिक्षणको लागि आशाजनक खेलाडीहरू छनौट गरी प्रशिक्षण गराउन मियाँङ उसु संघले व्यावसायिक प्रशिक्षण स्रोतहरू र प्राविधिक मार्गदर्शन प्रदान गर्ने उल्लेख गरिएको छ ।

दुवै पक्षको प्रभाव बढाउन चीन–नेपाल मैत्रीपुर्ण उसु प्रतियोगिता तथा दुवै देशमा अन्तर्राष्ट्रिय उसु प्रतियोगिताहरूको आयोजना पालैपालो संयुक्त रूपमा आयोजना गर्ने र दुवै पक्षद्वारा आयोजित महत्त्वपूर्ण प्रतियोगिताहरूमा भाग लिन टोलीहरू पठाउन सहयोग गर्नुका साथै उक्त प्रतियोगिताका लागि आवश्यक उसु निर्णायकहरू व्यवस्थापनमा समेत साझेदारी गर्ने सहमति भएको बताइएको छ । 

उसु खेललाई खेलको रूपमा मात्र नहेरी दुवै देशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विश्वव्यापी रूपमा उसु उत्साहीहरूलाई आकर्षित गर्न उसु पर्यटन गर्ने । 

(जस्तै, ‘चिनियाँ कुङ फु रूट–सीकिंग टुर – नेपाल जेन मार्सल आर्ट अभ्यास टुर’) सम्झौता भएको मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष तथा काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आट्र्स अर्गनाइजेसनका सचिव महर्जनले जानकारी दिए ।

महर्जनले सम्झौताले नेपालको उसु खेलको विकासमा कोशेढुङ्गाको रूपमा काम गर्ने र खेल पर्यटनको क्षेत्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ६ : ५३ बजे

बालेनका सल्लाहकार भन्छन्- जनताको भरोसा नै हाम्रो पहिचान हो

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले जनताको

सिमकोट विमानस्थलमा चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला– हुम्लाको सिमकोटमा वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न

संविधान संशोधनका लागि लिखित सुझाव दिने जेन्जी घाइते र शहीद परिवारको प्रतिबद्धता

काठमाडौँ – संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज