अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा भारतको अग्रता « Khabarhub

अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा भारतको अग्रता


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले टी–२० सिरिजको चौथो खेलमा अस्ट्रेलियालाई ४८ रनले पराजित गर्दै श्रृंखलामा २–१ को अग्रता कायम गरेको छ। पाँच खेलको शृङ्खलामा पहिलो खेल रद्ध भएको थियो ।

उत्कृष्ट ब्याटिङ र अनुशासित बलिङ प्रदर्शनको सहायतामा भारतले सहज जित निकाल्न सफल भएको हो। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरम ७ विकेट गुमाउँदै १६९ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।

उसका लागि ओपनर शुभमन गिलले ३९ बलमा ४६ रनको पारी खेले भने शिवम दुबेले २२ र कप्तान सूर्यकुमार यादवले २० रन जोडे। अन्त्यतिर अक्षर पटेलले २१ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

बलिङतर्फ अस्ट्रेलियाका नाथन एलिस सर्वाधिक सफल बलर बने। उनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। अन्य बलरहरुले भारतका ब्याट्सम्यानलाई दबाबमा राख्न सकेनन् ।

जवाफमा अस्ट्रेलिया १८.१ ओभरमै १२१ रनमा समेटियो। भारतका बलरहरुले सुरुदेखि नै कडा लाइन–लेन्थ कायम राख्दै अस्ट्रेलियाको मध्यक्रमलाई धरासायी पारे। आवेश खान र अक्षर पटेलले समान दुई–दुई विकेट लिए भने युजवेन्द्र चहल र वाशिङटन सुन्दरले पनि प्रभावकारी प्रदर्शन गरे।

यस जितसँगै भारतले पाँच खेलको श्रृंखला २–१ को अग्रता सहित नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ८ : ४४ बजे

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस