एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा « Khabarhub

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका लागि ‘डाटासँगै जीवन बिमा’ नामक नयाँ र नवप्रर्वतनशील सेवा सुरू गरिएको छ। यो सेवाअन्तर्गत अब एनसेलका ग्राहकहरूले मोबाइल डेटा खरिदसँगै जीवन बिमा र घातक रोक बिमा पनि प्राप्त गर्न सक्नेछन्।

नेपालमै पहिलोपटक सुरू भएको यस योजनाले डिजिटल पहुँचमार्फत बिमाको अवधारणा सर्वसुलभ बनाउने लक्ष्य लिइएको एनसेलले जनाएको छ। एनसेलका ग्राहकहरूले दुई विभिन्न प्याकेजमध्ये आफूलाई मनपर्ने योजना छानी बिमा सुविधा लिन सक्नेछन्।

यस्ता छन् दुई विशेष प्याकेजहरू :

९९ रूपैयाँको प्याक ९३ दिनको लागि० — १०० एमबी डेटा, रु। २,००,००० बराबरको म्यादी जीवन बीमा र २,००,००० रूपैयाँ बराबरको घातक रोग बीमा। बीमा सुविधा प्याक खरिदको मितिबाट ३० दिनसम्म मान्य।

३९ रूपैयाँको प्याक ९३ दिनको लागि० — १०० एमबी डेटा, ५०,००० रूपैयाँ बराबरको म्यादी जीवन बीमा र ५०,००० रूपैयाँ बराबरको घातक रोग बीमा। यो बीमा सुविधा पनि खरिद मितिबाट ३० दिनसम्म मान्य हुनेछ।

ग्राहकहरूले यी प्याकेजहरू एनसेल एपमार्फत फारम भरेर वा १२३४*६# डायल गरेर सजिलै लिन सक्छन्। प्याक खरिद गरेपछि जीवन बिमा तुरुन्तै सक्रिय हुन्छ, जबकि घातक रोग बिमा ३० दिनपछि लागू हुनेछ।

एनसेलका चिफ कन्जुमर बिजनेस अधिकारी उपङ्ग दत्तले मेटलाइफ नेपालसँगको यो सहकार्यले ग्रामीण र दुर्गम क्षेत्रमा रहेका ग्राहकसम्म बिमाको पहुँच पुर्‍याउने आफूहरूको उद्देश्यलाई मूर्त रुप दिएको बताए।

ग्राहकको जीवनमा सकारात्मकता र सुरक्षाको भावना जगाउने यो सेवा एनसेलको सामाजिक जिम्मेवारीको महत्वपूर्ण कदम रहेको उनको भनाइ छ।

त्यस्तै मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले यस साझेदारीको उद्देश्य सानो र छोटो अवधिको डेटा खरिदमार्फत पनि परिवारको दीर्घकालीन मानसिक शान्ति सुनिश्चत गर्नुरहेको बताए।

यो पहलले नेपालमा बिमा पहुँच विस्तार, वित्तीय समावेशिता र सामाजिक सुरक्षाको प्रवद्र्धनतर्फ महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको उनले उल्लेख गरे।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १० : ५२ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको