एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा « Khabarhub

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका लागि ‘डाटासँगै जीवन बिमा’ नामक नयाँ र नवप्रर्वतनशील सेवा सुरू गरिएको छ। यो सेवाअन्तर्गत अब एनसेलका ग्राहकहरूले मोबाइल डेटा खरिदसँगै जीवन बिमा र घातक रोक बिमा पनि प्राप्त गर्न सक्नेछन्।

नेपालमै पहिलोपटक सुरू भएको यस योजनाले डिजिटल पहुँचमार्फत बिमाको अवधारणा सर्वसुलभ बनाउने लक्ष्य लिइएको एनसेलले जनाएको छ। एनसेलका ग्राहकहरूले दुई विभिन्न प्याकेजमध्ये आफूलाई मनपर्ने योजना छानी बिमा सुविधा लिन सक्नेछन्।

यस्ता छन् दुई विशेष प्याकेजहरू :

९९ रूपैयाँको प्याक ९३ दिनको लागि० — १०० एमबी डेटा, रु। २,००,००० बराबरको म्यादी जीवन बीमा र २,००,००० रूपैयाँ बराबरको घातक रोग बीमा। बीमा सुविधा प्याक खरिदको मितिबाट ३० दिनसम्म मान्य।

३९ रूपैयाँको प्याक ९३ दिनको लागि० — १०० एमबी डेटा, ५०,००० रूपैयाँ बराबरको म्यादी जीवन बीमा र ५०,००० रूपैयाँ बराबरको घातक रोग बीमा। यो बीमा सुविधा पनि खरिद मितिबाट ३० दिनसम्म मान्य हुनेछ।

ग्राहकहरूले यी प्याकेजहरू एनसेल एपमार्फत फारम भरेर वा १२३४*६# डायल गरेर सजिलै लिन सक्छन्। प्याक खरिद गरेपछि जीवन बिमा तुरुन्तै सक्रिय हुन्छ, जबकि घातक रोग बिमा ३० दिनपछि लागू हुनेछ।

एनसेलका चिफ कन्जुमर बिजनेस अधिकारी उपङ्ग दत्तले मेटलाइफ नेपालसँगको यो सहकार्यले ग्रामीण र दुर्गम क्षेत्रमा रहेका ग्राहकसम्म बिमाको पहुँच पुर्‍याउने आफूहरूको उद्देश्यलाई मूर्त रुप दिएको बताए।

ग्राहकको जीवनमा सकारात्मकता र सुरक्षाको भावना जगाउने यो सेवा एनसेलको सामाजिक जिम्मेवारीको महत्वपूर्ण कदम रहेको उनको भनाइ छ।

त्यस्तै मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले यस साझेदारीको उद्देश्य सानो र छोटो अवधिको डेटा खरिदमार्फत पनि परिवारको दीर्घकालीन मानसिक शान्ति सुनिश्चत गर्नुरहेको बताए।

यो पहलले नेपालमा बिमा पहुँच विस्तार, वित्तीय समावेशिता र सामाजिक सुरक्षाको प्रवद्र्धनतर्फ महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको उनले उल्लेख गरे।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १० : ५२ बजे

गृहमन्त्री भावुकता र ‘एक्शन’ – सुत्केरी श्रीमतीको मृत्युबारे छानबिन गर्न निर्देशन

काठमाडौँ – लामो समयदेखि न्यायका लागि सडक संघर्षमा होमिएका चितवनका

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण

दुर्लभ इतिहास रचेर ओझेल पर्दैछन्- मेस्सी, रोनाल्डो र ओचोआ

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर) स्थायी