हङकङ सिक्सेस : आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

हङकङ सिक्सेस : आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिता हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुनेछ।

नेपालले हङकङ सिक्सेसका लागि अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमा टोली घोषणा गरिसकेको छ।

सिक्स ओभर प्रचलित यो स्वरुपको क्रिकेटले फरक रणनीति र छिटो गतिमा प्रदर्शनको माग गर्दछ।

शरद भेषावकरको कप्तानीमा रहेको नेपाली टिममा सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन्।

प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहने छ। चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन्।

त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन्।

यो प्रतियोगिताका हरेक खेल समान छ/छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ४२ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ