५ किलो सुनसहित पक्राउ परेका भोटे सार्वजनिक « Khabarhub

५ किलो सुनसहित पक्राउ परेका भोटे सार्वजनिक


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– पाँच किलो सुनसहित पक्राउ परेका एक जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

चीनको तिब्बतबाट जिल्लाको किमाथाङ्का नाका हुँदै ठूलो परिणामको सुन ल्याइँदै गरेको विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भोटखोला–२ लिङ्गमको घट्टेखोलाबाट पक्राउ गरेको थियो ।

प्रहरीले सोमबार तोप्चेनको झोला खानतलासी गर्दा ज्याकेटको गोजीभित्र रातो टेपले बाँधेर राखेको अवस्थामा पाँच थान टिल सुन फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मिम लामाले जानकारी दिए ।

सुनसहित पक्राउ परेका उनलाई राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ७ : १६ बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ