डीपीको प्रस्ताव : फागुनको चुनावलगत्तै पार्टीको पहिलो महाधिवेशन गरौँ (प्रतिवेदनको पूर्णपाठ) « Khabarhub

डीपीको प्रस्ताव : फागुनको चुनावलगत्तै पार्टीको पहिलो महाधिवेशन गरौँ (प्रतिवेदनको पूर्णपाठ)


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले निर्वाचनलगत्तै पार्टीको पहिलो महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले यो प्रस्ताव शुक्रबारदेखि चितवनको सौराहामा सुरू भएको केन्द्रीय समितिको विस्तारित बैठकमा प्रस्तुत गरेका हुन्।

विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भनेका छन, ‘फागुनमा चुनाव भए लगत्तै महाधिवेशन गर्ने योजनामा यस विस्तारित बैठकले केन्द्रीय समितिलाई मूर्त र व्यावहारिक सुझाव दिने मेरो अपेक्षा छ।’

प्रतिवेदनमा अगाडि भनिएको छ,‘महाधिवेशनको निर्देशनले नै हामीलाई राष्ट्रिय राजनीतिमा अझ परिपक्क र जिम्मेवार शक्तिका रुपमा स्थापित गर्न मद्दत गर्छ। परिस्कृत नीति विचार र निर्वाचित नेतृत्वको आगमनले पार्टीलाई गतिशील बनाउँछ । समयको मागअनुसार आफूलाई परिमार्जन गर्न सक्षम बनाउँछ। त्यसैले चुनावलगत्तै महाधिवेशन गरी पार्टीलाई थप व्यवस्थित र सुदृत प्रभावकारी बनाउन आवश्यक छ।’

पार्टीले २०८१ असोज १ र २ गते काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट २०८२ वैशाख २५ र २७ मा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो।

तर सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि अर्को केन्द्रीय समितिले फागुन ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

फागुनको दोस्रो साता २१ गते निर्वाचनको मिति घोषणा भएपछि रास्वको पहिलो साता महाधिवेशन गर्ने समय फेरिएको हो।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ३ : २० बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा