माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्न निर्वाचन आयोग पुगे पुन « Khabarhub

माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्न निर्वाचन आयोग पुगे पुन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जे‍न-जी अभियान्ता सन्दिप पुन ‘शहीद’ले निर्वाचन आयोगलाई पार्टीको नाम, झण्डा, मार्गदर्शक सिद्धान्त र चुनाव चिह्न यथावत राख्न आग्रह गरेका छन्।

निर्वाचन आयोगलाई लेखिएको पत्रमा उनले माओवादी केन्द्रको कार्यसमिति हाल महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको उल्लेख गरिएको छ ।

यस्तो अवस्थामा नयाँ कार्यसमिति गठन नहुँदासम्म उक्त समिति काम चलाऊ अवस्थामा रहेको भन्दै दीर्घकालीन असर पार्ने निर्णय गर्न सक्ने अधिकार नरहेको जिकिर गरेका छन् ।

पुनले माओवादी केन्द्र वैधानिक रूपमा यथावत रहेको र त्यस पार्टीले आफ्नो चुनाव चिन्ह, नाम तथा माओवादी सिद्धान्त परित्याग गर्न नसक्ने स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘माओवादी केन्द्रको ऐतिहासिक जनयुद्ध, सहिद, घाइते र बेपत्ताहरूको योगदानको आधारमा स्थापित नाम, झण्डा र चुनाव चिन्ह परिवर्तन गर्न खोज्नु जनताको बलिदानमाथि प्रहार हो।’

पत्रमा निर्वाचन आयोगलाई दबाब वा प्रभावमा नपरी निष्पक्ष रहन आग्रह गर्दै, आयोगले माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिन्ह फ्रिज गरे निर्वाचनको वैधानिकता नै प्रश्नमा पर्ने चेतावनी दिइएको छ।

पुनले भनेका छन्, ‘यदि आयोग प्रभावित भई पार्टीको नाम र चिन्ह फ्रिज गरी चुनावमा भाग लिन वञ्चित गरिएमा हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौं, जसबाट हुने परिणामको जिम्मेवारी निर्वाचन आयोग र नेपाल सरकार दुवैले लिनुपर्नेछ।’

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : ०३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा