‘नेताहरू खराब र भ्रष्ट भए भनेर मात्रै हुँदैन, चुनावबाट बिदा गर्न सक्नुपर्छ’  « Khabarhub

‘नेताहरू खराब र भ्रष्ट भए भनेर मात्रै हुँदैन, चुनावबाट बिदा गर्न सक्नुपर्छ’ 

जेन-जी आन्दोलन जायज, तर विध्वंस अस्वीकार्य


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीले नेपालमा भएको जेन–जी आन्दोलन भ्रष्टाचार, कुशासन र जवाफदेहिताको अभावको परिणाम भएको बताएका छन्।

शनिबार अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले कीर्तिपुरमा आयोजना गरेको ‘जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा बोल्दै उनले अहिलेको राजनीतिबाट आइडियोलोजी भन्दा बढी सुशासन र जवाफदेहिता आवश्यक रहेको बताए।

उनले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन मास फ्रस्टेसनको परिणाम भनेका छन् । ‘युवाले डिजिटल प्लेटफर्मबाट सपना देखे तर निराश हुनुपरेका कारण आन्दोलन भयो’, उनले भने ।

प्रा। केसीले नेपालका नेताहरू पारदर्शिताको नियम र अनुशासन पालनामा चुकेको बताएका छन् । त्यहीकारण राजनीतिमा भ्रष्टाचार मौलाएको उनले बताए। उनले भने, ‘हामी १०००–१५०० डलर प्रतिव्यक्ति आम्दानी गर्छौं, तर सपना ४० हजार डलरका देख्छौँ । त्यसैले युरोप-अमेरिका झैं धनी नहुँदै जन्मदर घटेको हो।’

उनले ‘नेपो बेबी’ र ‘नेपोटिजम’ जस्ता प्रवृत्तिहरूले युवामा आक्रोश बढाएको उल्लेख गर्दै भने, ‘राजनीतिमा जवाफदेहिता नभए भ्रष्टाचार हुन्छ । यही कारणले समाजमा असमानता र अन्याय बढेको छ।’

भदौ २३ गतेको आन्दोलनलाई उनले जायज बताए पनि २४ गतेको आगजनी र तोडफोड अस्वीकार्य भएको उनले बताए । ‘जसले त्यो विध्वंस गरे, संलग्न भए, तिनीहरूलाई कानूनी कारबाही हुनुपर्छ,’ उनले भने ।

प्रा. केसीले जनतालाई परिवर्तनका लागि पुराना नेताहरूलाई चुनावमा हराउन आह्वान गरे। उनले भने, ‘संविधानमा समाजवाद र साम्यवादका कुरा गरेर दलाल पुँजीवादको वकालत भइरहेको छ। खराब नेतालाई अब हराउनुपर्छ।’

उनले नयाँ पुस्तालाई देशप्रतिको माया र जिम्मेवारीको चेतना दिनुपर्नेमा जोड दिए। ‘विदेशी मित्रसँग संगत गर्दा मुलुकको माया नभुलौं,’ उनले भने, देश अझै सुधारिन सक्छ, त्यसका लागि संस्कार निर्माण, सुशासन र भ्रष्टाचारविरुद्ध कठोर अभियान जरुरी छ।’

प्रा. केसीले अबको चुनौती संस्कार निर्माण रहेको बताएका छन् । युवालाई देशको गौरवगाथा पढाउनुपर्छ, र उनीहरूमा देशप्रतिको गर्व जगाउनुपर्छु, उनले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ३ : १० बजे

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग