काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एयर फील्ड लाइटिङ’ प्रणालीमा समस्यापछि साढे ३ घण्टा देखि उडान तथा अवतरण अवरुद्ध छ ।
३३ पटक भन्दा बढी समय काठमाडौंका आकाशमै फन्को लगाएपछि कतार एयरवेजको जहाज ढाका डाइभर्ट भएको हो । यसअघि दुबई एयरवेजको जहाज पनि दिल्ली पठाइएको थियो।
विमानस्थल बन्द भएपछि धेरै आन्तरिक उडानहरू पनि रोकिएका छन् । जसका सयौं यात्रु प्रभावित भएका छन्। प्राविधिक समस्या समाधानका लागि टोली खटाइएको र चाँडै उडान सुचारु गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।
रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ । उक्त लाइटिङमा देखिएको समस्या समाधानको प्रयास भइरहेकाले शीघ्र नियमित उडान हुने उनले जानकारी दिए ।













प्रतिक्रिया