उमा कुङफुको ग्रोडिङ « Khabarhub

उमा कुङफुको ग्रोडिङ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उमा कुङफु संघको आयोजनामा स्वयम्भूस्थित स्प्रिङसाइन नेसनल स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।

ग्रेडिङमा १८ खेलाडी सहभागी थिए । त्यसमा २ जना यल्लो वेल्ट, १० जना ओरेन्ज वेल्ट र ६ जना ब्राउन वेल्टमा पदोन्नती भएको नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमार राईले जनाएका  छन् ।

आभ्या कपाली र सिमोन थापा यल्लो वेल्टमा पदोन्नती भए । आहरभ थापा सुवाल, इम्मा घले, ग्रेस घले, आरुशकुमार सिंह, सबेक श्रेष्ठ, अग्रदिता श्री, सेजान गुरुङ, कृजन महर्जन, सुहानी पौडेल र सोनाम गुरुङले ओरेन्ट वेल्ट प्राप्त गरे । आरोनिया श्री, सोनिया श्रेष्ठ, हार्दिक कमाती, निमा गुरुङ, ओक्सना कँडेल र सिरियाना मोक्तानले ब्राउन वेल्ट पाए ।

नेपाल उमा कुङफु संघका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक रमेश महर्जनले ग्रेडिङ सञ्चालन गरेका थिए । ग्रेडिङ कार्यक्रममा अध्यक्ष राईसहित उमा कुङफु संघका कोषाध्यक्ष सूर्य तामाङ, ताइची तथा चिगोङ प्रशिक्षक भाइराजा महर्जन, स्प्रिङसाइन नेसनल स्कुलका प्रिन्सिपल सम्झना कर्माचार्य (कपाली) र संस्थापक निर्देशक रिजेश कपाली, खेलाडीका अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा अध्यक्ष राईले स्प्रिङसाइन नेसनल स्कुलले उमा कुङफु खेलको विकास र विस्तारमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १२ : ५३ बजे

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?

काठमाडौं- लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज– वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला

चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)

काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक