प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ « Khabarhub

प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गर्ने अछामको मल्लेक गाउँपालिका घर भई हाल काठमाडौँको कपन बस्ने २२ वर्षीय अमृत साउदलाई आज पक्राउ गरेको हो ।
      
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जेन-जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गरेको अभियोगमा साउदलाई पक्राउ गरिएको जानकारी दिए  ।

पक्राउ परेका साउदसँग प्रहरीले लुटपाट गरेको एक थान कम्प्युटर, सिपियु एक थान, प्रिन्टर मेसिन एक थान, जुत्ता एक जोर तथा तरबार एक थान बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : १५ बजे

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र