स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह « Khabarhub

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन् ।

राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरूले लोकतन्त्रका लागि लडेर ल्याएका हक अधिकारलाई उपभोग गर्न पाउनुपर्ने माग गरे । प्रशासन र प्रहरीलाई पूर्व जानकारी दिएर शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइनुपर्ने उनको भनाइ थियो । 

‘हामी कुनै घुसपैठिया शक्ति होइनौँ । राजनीतिक परिवर्तनको लामो इतिहास बोकेर आएका शक्ति हौँ । त्यसकारण हामी विरुद्ध सरकारले संविधान विपरीत विरोध प्रदर्शनमा रोक लगाउने काम गर्नु हुँदैन,’ अध्यक्ष ओलीले भने । उनले उद्योगीहरूलाई ढुक्क भएर काम गर्न आग्रह गरे । आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै