भोलि एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री « Khabarhub

भोलि एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री नेकपा (एमाले) मा प्रवेश गर्ने भएकी छन्। सोमबार औपचारिक रूपमा एमाले प्रवेश गर्न लागेको उनले जानकारी दिएकी हुन् ।

झाँक्रीले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै आफ्नो निर्णयको संकेत दिएकी हुन्। उनले लेखेकी छन्, ‘यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।’

उनको यो अभिव्यक्तिलाई एमालेमा पुनः फर्कने तयारीको खुला घोषणा रूपमा लिइएको छ। नेकपा एमालेले भोलि दिउँसो राष्ट्रियसभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ आयोजना गर्न लागेको छ। सो कार्यक्रमकै अवसरमा झाँक्रीलगायत केही नेताहरू पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी निर्माण र विस्तारमा सघाएका तर बीचमा अन्य दलतर्फ गएका नेताहरूलाई पुनः एमालेमा फर्कन आह्वान गरेका थिए। माधवकुमार नेपालले माओवादी केन्द्रलगायत दलसँग एकता गरेपछि झाँक्री असन्तुष्ट देखिएकी थिइन्। हाल उनले पुनः ओली नेतृत्वको एमालेमा फर्किने तयारी गरेकी हुन्।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै