कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो « Khabarhub

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल च्याम्पियनसिपको रजत पदकमा जितेको छ।

श्रीलंकाको कोलोम्बोस्थित सुगाथाडासा स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको फाइनलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल रजत पदकमा सिमित बनेको हो।

नेपालले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । नेपालले लगातार दोस्रो सेट २०–२५ र तेस्रो सेट २१–२५ ले किर्गिस्तानलाई सुम्पियो। तर चौथो सेट सुरुवातमा प्रतिस्पर्धात्मक भएपनि नेपालले लगातार अग्रता बनाउन पुग्यो। नेपालले चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै खेललाई बराबरीमा पुर्‍याएको थियो।

पाचौँ तथा अन्तिम सेट नेपालले १५–११ ले किर्गिस्तानलाई सुम्पिँदा नेपाल रजत पदकमा सिमित बन्न पुग्यो। अघिल्लो वर्ष नेपालले कास्यपदक जितेको थियो।

यसअघि समूह चरणमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा नै पराजित भएको थियो।

नेपाली टोलीले दोस्रो सेमिफाइनलमा मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै कीर्गिस्तानसँगको भेट पक्का गरेको थियो। नेपालले मालदिभ्सलाई २५–११, २५–३ र २५–५ को सेटमा पाखा लगाएको थियो।

त्यसअघि भएको पहिलो सेमिफाइन्लमा किर्गिस्तानले श्रीलंकामाथि सोझो सेटमा नै जित निकालेको थियो। कीर्गिस्तानले श्रीलंकालाई २६–२४, २५–२२१ र २५–१५ ले हराउँदै उपाधि नजिक पुगेको हो।

आजै तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले मालदिभ्सलाई सोझो सेटमा हराउँदै कास्य पदक जितेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ५९ बजे

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक

निर्मल पुर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र धौलागिरी–४ मा शोक बिदा

काठमाडौँ । विश्वप्रसिद्ध पर्वतारोही निर्मला पुर्जा (निम्स दाइ) को निधनमा

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी