प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिँदै « Khabarhub

प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिँदै


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जको भवनमा आगजनी, लुटपाट तथा प्रहरी कर्मचारीमाथि आक्रमणमा संलग्नलाई खोजतलास गर्ने क्रममा प्रहरीले भोजपुर घर भई हाल काठमाडौँको पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई सामाखुसी चोकबाट पक्राउ गरेको थियो ।

पक्राउपछि उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको समय दिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक पवनकुमार भट्टराईले बताए ।

यसरी अपराधमा संलग्न फरार व्यक्तिको खोजतलास गर्ने क्रममा उनलाई नियन्त्रणमा लिई निजको कोठा खानतलासी गर्दा प्रहरीको टाइप–५४ पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन, सात राउन्ड गोली र अन्दोलनका दिन लगाएको कपडा र जुत्तासमेत बरामद गरिएको उनले बताए ।

राईमाथि हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरी वृत्त महाराजगञ्जबाट ज्यानसम्बन्धी कसुरमा मुद्दा चलेको समेत अभिलेखमा देखिएको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : २१ बजे

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र

निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा