काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय भूमिकामा रहेको फिल्म ‘परान’ले सुरुवाती ९ दिनको व्यापार ३ करोड ७१ लाख नाघेको छ ।
चलचित्र विकास बोर्डका अनुसार यस फिल्म हेर्नका लागि शनिबारसम्म एक लाख २८ हजार ६८९ वटा टिकट बिक्री भएको छ । यति टिकट ब्रिकी हुँदा यसको ग्रस कलेक्सन तीन करोड ६१ लाख ३६ हजार पुगेको छ ।
सकारात्क वर्ड अफ माउथका साथ चलिरहेको यस फिल्मको व्यापार न्यून देखिएको छ ।
प्रदर्शनको सुरुवाती तीन दिनमा यो फिल्मको अकुपेन्सी न्यून थियो । पहिलो सोमबारबाट यो फिल्मले पिकअप लिएको हो । मंगलबार-बिहीबारसम्म हलहरुले टिकट आधामा बेच्ने भएकाले यसको ग्रस कलेक्सन न्यून देखिएको हो ।
अर्थात्, फिल्मले राम्रो ओपनिङ गर्न नसकेको असर ग्रस कलेक्सनमा देखिएको हो । राम्रो ओपनिङ गर्ने सकेको फिल्मको यति टिकट बिक्री हुँदा ग्रस कलेक्सन योभन्दा बढी भएको विगत पाइन्छ ।
कात्तिक २१ बाट शुक्रबारबाट नायक दयाहाङ राई र नायिक मिरुना मगर स्टारर फिल्म ‘जारी २’ प्रदर्शनमा आएपछि यो फिल्मको व्यापारलाई थप असर गरेको छ ।
‘जारी २’को उत्कृष्ट बुकिङले ‘परान’को शो संख्यामा कमी आएको छ ।
तथापि, दोस्रो साता पनि दोस्रो साता पनि ‘परान’को अकुपेन्सी उच्च नै छ ।
यस फिल्मको कथा र निर्देशन दीपक आचार्य ‘काकु’को हो । पटकथा यम थापाले लेखेका हुन् । फिल्ममा नायकहरु प्रवीण खतिवडा, नायक महेश त्रिपाठी, नायिकाहरु केकी अधिकारी र अञ्जाना बराइली मुख्य भूमिकामा छन् ।













प्रतिक्रिया