‘जारी २’ले दोस्रो पटक गर्‍यो सेन्सर, किन ? | Khabarhub Khabarhub

‘जारी २’ले दोस्रो पटक गर्‍यो सेन्सर, किन ?


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक २१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जारी २’ले दोस्रो पटक सेन्सर गरेको छ ।

सेन्सर बोर्डका एक सदस्यका अनुसार सोमबार यस फिल्मको दोस्रो पटक सेन्सर पास भएको छ ।

ती सदस्यका अनुसार प्रदर्शनरत ‘जारी २’मा केही दृश्य थप्ने निर्णय लिएपछि दोस्रो पटक सेन्सर गरिएको हो ।

यो फिल्म सोमबार चौथौ दिनमा प्रदर्शनरत छ ।

फिल्मका निर्देशक उपेन्द्र सुब्बाका अनुसार दर्शकहरूले उच्च साथ दिएको फिल्ममा थप रोमाञ्चक बनाउने गरी केही दृश्य थप गरिएकाले पुन: सेन्सर गरिएको हो ।

उनले खबरहबसँग भने, ‘झन् राम्रो थिएट्रिकल अनुभव दिन केही दृश्य थपिएको हो । अरु त्यस्तो केही होइन ।’

उनका अनुसार थपिएको दृश्य समावेश भएका फिल्म मंगलबारबाट हेर्न पाइने छ ।

सेन्सर पश्चात केही दृश्य थपिएको अवस्थामा पुन: सेन्सर गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिले यस्ता विषयमा सेन्सर बोर्डले अनुगमनमा सक्रियता पनि देखाइरहेको छ ।

गत कात्तिक १७ गते सोमबार यो फिल्मको पहिलो पटक सेन्सर पास भएको हो । बोर्डले यो फिल्मलाई यू सर्टिफिकेट (सबै उमेर समूहले हेर्न मिल्ने) दिएको थियो ।

यस फिल्मको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन् । फिल्ममा नायकहरु दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ३६ बजे

ओली भन्छन्ः एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको