दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो « Khabarhub

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो स्टेशननजिकै सोमबार भएको कार विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको अस्पतालका एक अधिकारीले बताएका छन्।

स्थानीय लोक नायक अस्पतालका चिकित्सक डा. मनीष कुमार झाले भने, ‘३० जनाभन्दा बढी मानिसहरू गम्भीर घाइते भएका छन्। धेरै जना निको हुने अवस्थामा छैनन्।’

प्रहरीले विस्फोटको कारणको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ।

दिल्ली प्रहरी आयुक्तका अनुसार साँझ सडकमा रातो बत्तती बलेपछि गाडी रोकियो। त्यसपछि त्यो गाडीमा एक्कासि विस्फोटभएको हो। अग्निनियन्त्रक प्रमुखलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘कम्तीमा छ वटा गाडी र तीनवटा अटोरिक्शामा आगो लागेको थियो।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ३५ बजे

खाडी जान लागेका कामदारहरू भन्छन्, साथीहरूले नआऊ भन्छन्, नजाऊ जागिर खोसिने डर छ

काठमाडौं– छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं– खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश