काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर « Khabarhub

काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– जिल्लाका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् । रामेछापस्थित कान्छीमाया सामुदायिक अस्पतालको समन्वयमा ताइवान रुट मेडिकल पिस क्रप्सको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएका हुन् ।

पाँचखाल, धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा दुई बेथानचोक र रोशी गाउँ पालिकामा शिविर सञ्चालन भएका हुन् । मङ्गलबार रोशीमा सञ्चालित शिविरबाट पालिकाका ५४७ जना लाभान्वित भएका छन् । तेमाल गाउँपालिकाका केही वडाका स्थानीय पनि शिविरमा सेवा लिन पुगेका थिए ।

शिविरमा दन्तरोग, छाला तथा यौनरोग, आँखा जाँच, स्त्रीरोग परीक्षणका साथै औषधि तथा चश्मा निःशुल्क वितरण गरिएको थियो ।

कान्छीमाया सामुदायिक अस्पतालका अनुसार शिविरमा परीक्षण गराएकामध्येमा मधुमेह, उच्च रक्तचाप, पेटसम्बन्धी रोग बढी लागेको पाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १० : १२ बजे

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको