काठमाडौं– साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
संस्थाको आज (बुधबार) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१–०८२ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद गरी १५ प्रतिशत लाभांश दिने भएको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने छ ।













प्रतिक्रिया