अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ | Khabarhub Khabarhub

 अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको भिमदत्त नगरपालिका-१ भासी साईफन नहरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय रबिद्र महरालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-३ सिसमडाँडी बस्ने २५ वर्षीय योगेश रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरकै भिमदत्त नगरपालिका-११ गडडाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्रामसहित बेदकोट नगरपालिका- ६ बस्ने २५ वर्षीय अमित रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनुषाको विदेह नगरपालिका-१ मैनाथपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित जनकपुरधाम उपमहानगरपालिका- १६ पुलचोक बस्ने २० वर्षीय नविन कुमार साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझीझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको रंगेली नगरपालिका-६ नेमा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-१० बस्ने ३० वर्षीया विनिता लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको उर्लाबारी नगरपालिका-१ झारसाझिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय गिरिजा तामाङ र ३३ वर्षीय चन्द्र बहादुर दनुवार रहेका छन् । 

इलाका प्रहरी कार्यालय मधुमल्ला समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

साथै प्रहरीले थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४५ वर्षीया दुर्गा देवी भण्डारीसंग खरिद गरेको भन्ने खुल्न आएपश्‍चात दुर्गाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम २ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १५ हजार रूपैयाँ समेत फेला पारी उनलाई पक्राउ गरेको छ ।

यसैगरी मोरङकै विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-११ बस्ने ३१ वर्षीय प्रशान्त राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरोक हो ।

सुनसरीको धरान उपमहानगरपालिका-१९ प्रगति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३८ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट र डिकोलिक ५२ ट्याब्लेटसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय समिर विक र २५ वर्षीय अर्जुन विक रहेका छ्न् । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीकै धरान उपमहानगरपालिका-२० कोकाहा खोलाबाट अवैध लागूऔषध गाँजा ११ किलोग्राम सहित धनकुटा सहिदभूमी गाउँपालिका-१ बस्ने २३ वर्षीय सिद्धार्थ राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्र.१-०२-०५३ प ९९८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

रूपन्देहीको सैनामैना नगरपालिका-१ परमेश्वर टोल बस्ने ५८ वर्षीय खेमराज गौतमलाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : ४४ बजे

शशांकको प्रस्ताव : विशेष महाधिवेशन पक्षधरलाई पनि मनाएर पहिले निर्वाचनमा जाऊँ

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले महाधिवेशनबारे पक्ष–विपक्षमा बाँडिएर

जेन-जी मतदाताको अठोट- ‘बाआमासँग सल्लाह गरेर भोट हाल्ने दिन गए’

काठमाडौं– फागुन २१ गते चुनाव भएमा २३ वर्षकी सगुन पहारीले

दिल्ली विस्फोटपछि काश्मीरमा प्रहरीको कडाइ, धेरै सन्दिग्ध हिरासतमा

एजेन्सी– भारतीय सुरक्षा निकायहरूले नयाँदिल्लीमा भएको घातक कार विस्फोटको अनुसन्धानको

नेकपामा प्रवेश गर्दै प्रकाशबहादुर शाहले भने- हेलिकप्टर चढेर भाग्दा पनि ओलीको अहंकार उस्तै रहेछ

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाशबहादुर शाह बुधबार नवगठित

कोशी प्रदेशसभा सचिवमा खड्का नियुक्त

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी