पीएसएल : उत्कृष्ट लयमा सन्दीप, सर्वाधिक विकेट लिनेमा शीर्ष पाँचमा « Khabarhub

पीएसएल : उत्कृष्ट लयमा सन्दीप, सर्वाधिक विकेट लिनेमा शीर्ष पाँचमा


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली लाहोर कलान्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) मा आज  (बिहीबार) कराँची किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने १० बजे कराँची र कलान्दर्सबीचको खेल हुनेछ ।

लेगस्पिनर सन्दीपले पीएसएलमा आफ्नो प्रभाव कायम गर्न सफल भएका छन् । पीएसएलको आफ्नो पहिलो खेलमा सन्दीप महंगा सावित भएका थिए । त्यसपछिका दुई खेलमा सन्दीप लगातार आफ्नो बलिङ कसिलो गर्दै विपक्षी ब्याट्सम्यानमाथि हावी भइरहेका छन् । बुधबार सन्दीपले आफ्नो करियरको उत्कृष्ट बलिङ प्रदर्शन गरे ।

पीएसएलको पहिलो खेलमा सुल्तान मुल्तानविरुद्ध ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर २ विकेट लिएका सन्दीपले क्वेटा विरुद्धको खेलमा ४ ओभर नै बलिङ गरेर २० रन खर्चदै १ विकेट लिएका थिए । सन्दीपले आफ्नो तेस्रो खेलमा उत्कृष्ट बलिङ गर्दै क्वेटा ग्लाडियटर्सविरुद्ध ४ ओभरै बलिङ गर्दै १० रन मात्रै खर्चेर ४ विकेट लिएका थिए । उक्त खेलमा उनी म्यान अफ दि म्याच समेत घोषित भएका थिए ।

आज कराँची किङ्स विरुद्ध ख्ेल्न लागेको लाहुरका लागि सन्दीपले आफ्नो उत्कृष्ट लय कायम राख्ने अपेक्षा नेपाली क्रिकेट प्रशंसकले गरेका छन् ।

सन्दीपले पीएसएलमा खेलेका ३ खेलमा १२ ओभर बलिङ गर्दै ७६ रन खर्चेर ८ विकेट लिँदै शीर्ष पाँचौं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १२ : ४० बजे

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम

खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर

औद्योगिक रोबोट जडानमा चीनको हिस्सा ५९ प्रतिशत

बर्लिन– विश्वभर जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत

कर्णाली याक्सलाई पल्मबर पाइपको साथ

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले