बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज  « Khabarhub

बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज 


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र हाल मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भएका छन्। केही दिनअघि सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

उनको स्वास्थ्यबारे विभिन्न हल्ला र निधनका झुटा समाचारहरू सामाजिक सञ्जालमा फैलिएपछि परिवारले एक आधिकारिक वक्तव्य जारी गर्दै धर्मेन्द्रको अवस्था स्थिर रहेको र उनी घरमै आराम गरिरहेको जानकारी दिएको छ। वक्तव्यमा परिवारले सबैलाई गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ।

भारतीय मिडिया अनुसार ,अस्पतालका वरिष्ठ चिकित्सक डा। प्रतीत सामदानीका अनुसार धर्मेन्द्रलाई बिहान  डिस्चार्ज गरिएको हो, र अब उनको उपचार घरमै निरन्तर जारी रहनेछ।

यसअघि धर्मेन्द्रकी पत्नी हेमा मालिनी र छोरी ईशा देओलले सामाजिक सञ्जालमार्फत सबै भ्रामक समाचारहरूको खण्डन गर्दै धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएको र चिन्ता गर्नुपर्ने अवस्था नभएको बताएका थिए।

८० दशकदेखि बलिउडमा सक्रिय धर्मेन्द्रलाई दर्शकहरूले अझै पनि ‘हीम्यान अफ बलिउड’ भनेर चिन्ने गर्छन्। अहिले उनी परिवारसँग घरमै विश्राम लिँदै स्वास्थ्य सुधारतर्फ अग्रसर छन्।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : ०२ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले