‘झिँगेदाउ २’मा मुकुनको स्थानमा महेश, आर्यनको पनि प्रवेश « Khabarhub

‘झिँगेदाउ २’मा मुकुनको स्थानमा महेश, आर्यनको पनि प्रवेश


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शीर्ष नायकलाई परिवर्तन गरी फिल्म ‘झिँगेदाउ २’ बन्ने भएको छ ।

नायक मुकुन भुसालको स्थानमा अर्का नायक महेश त्रिपाठीलाई लिएर निर्देशक ज्ञानेन्द्र देउजाले यो फिल्म बनाउने जानकारी दिए ।

देउजाले गत असारमै यो फिल्म बनाउने घोषणा गरेका थिए । त्यसबेला शीर्ष कलाकारमा मुकुन नै दोहोरिने बताइएको थियो । त्यस समय कलाकारको समय नमिल्दा यो फिल्मको छायाङ्कनमा निस्कन सकेको थिएन ।

मुकुनले समय निकाल्न नसकेको कारण उनको स्थानमा अर्को नायकलाई अनुबन्ध गर्नु परेको निर्देशक देउजाले बताएका छन् ।

‘झिँगेदाउ’ मुकुनको करिअरको सबैभन्दा बढी व्यापार गर्ने फिल्म मध्येको एक हो । तर, सिक्वेलबाट भने उनी बाहिरिएका छन् ।

फिल्मबाट आफ्नो बहिर्गमनको कारण समय व्यवस्थापनमा नै समस्या रहेको मुकुनले खबरहबलाई बताए । उनले भने, ‘मेरो समय मिलेन । केही समय कुर्नुभन्दा उहाँहरूले मान्नुभएन ।’

निर्देशक देउजाका अनुसार फिल्ममा अर्का नायक आर्यन सिक्देलको पनि प्रवेश भएको छ । नायिकाहरूमा केकी अधिकारी र आँचल शर्माले नै निरन्तरता पाएका छन् ।

मंसिर १५ देखि छायाङ्कनमा निस्कने तयारीमा निर्देशक देउजा रहेका छन् ।

कपनगढी सिनेमा प्रालिको ब्यानरमा बन्ने यस फिल्मको निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।

०८३ सालको दशैँमा फिल्म प्रदर्शनमा ल्याउने योजना रहेको निर्देशक देउजाले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : ४७ बजे

असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाह सरकार गठन भएको १०० दिनसम्म कुनै

रविको ‘जेल ब्रेक’ले बहिष्कारको तारो बने स्टार रामकृष्ण

काठमाडौं – रामकृष्ण ढकाल निर्माता रहेको फिल्म ‘मालती मंगले’ प्रदर्शनको

रामकृष्णको ‘मालती मंगले’ हेर्न पुगे रवि

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्ना

वैतेश्वरले गर्‍यो सामुदायिक स्वास्थ्य कार्यक्रममा सम्झौता 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले ग्रामीण र कुनाकाप्चाका आफ्ना नागरिकलाई घरदैलोमै