काठमाडौं – महिला च्याम्पियन्स लिगमा आर्सनल पराजित भएको छ । गएराति २-० ले पछाडि परेको खेलमा कमब्याक गर्दै बायर्नले आर्सनलमाथि ३-२ को जित निकालेको हो ।
बुधबार राति खेलको सुरुवात अर्थात् ५ औं मिनेटमा गोल गर्दै आर्सनलका लागि एमिली फक्सले अग्रता दिलाएकी थिइन् । मारियोना काल्डेन्टेनीले २३ औं मिनेटमा अर्को गोल थप गर्दै आर्सनलको अग्रता दोब्बर बनाइन् ।
पहिलो हाफमा २-० ले पछाडि परेको बायर्नले दोस्रो हाफको ६७ औं मिनेटमा पुनरागमन गोल गर्यो । उसका लागि अलारा सेहितलरले पहिलो गोल गरेकी थिइन् ।
खेलको ८० औं मिनेटमा गोल गर्दै पर्निल हार्डरले खेल बराबरीमा फर्काइन् भने पर्ला भिग्गोसदोत्तरले ८६ औं मिनेटमा गोल गर्दै बायर्नलाई ३-२ को रोचक जित दिलाइन्।













प्रतिक्रिया