आर्सनलमाथि बायर्नको रोचक कमब्याक जित « Khabarhub

आर्सनलमाथि बायर्नको रोचक कमब्याक जित


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला च्याम्पियन्स लिगमा आर्सनल पराजित भएको छ । गएराति २-० ले पछाडि परेको खेलमा कमब्याक गर्दै बायर्नले आर्सनलमाथि ३-२ को जित निकालेको हो ।

बुधबार राति खेलको सुरुवात अर्थात् ५ औं मिनेटमा गोल गर्दै आर्सनलका लागि एमिली फक्सले अग्रता दिलाएकी थिइन् । मारियोना काल्डेन्टेनीले २३ औं मिनेटमा अर्को गोल थप गर्दै आर्सनलको अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफमा २-० ले पछाडि परेको बायर्नले दोस्रो हाफको ६७ औं मिनेटमा पुनरागमन गोल गर्यो । उसका लागि अलारा सेहितलरले पहिलो गोल गरेकी थिइन् ।

खेलको ८० औं मिनेटमा गोल गर्दै पर्निल हार्डरले खेल बराबरीमा फर्काइन् भने पर्ला भिग्गोसदोत्तरले ८६ औं मिनेटमा गोल गर्दै बायर्नलाई ३-२ को रोचक जित दिलाइन्।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ६ : १३ बजे

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र