‘जारी २’काे शो खोस्दै ‘परान’, स्क्रिन संख्या नि उसकै बढी « Khabarhub

‘जारी २’काे शो खोस्दै ‘परान’, स्क्रिन संख्या नि उसकै बढी


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्यून शो र कमजोर अकुपेन्सीका साथ कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको परान फिल्मले अनपेक्षित पिकअप लिएको छ । प्रदर्शनको चौथो दिनबाट पिकअप लिएको यो फिल्म बिहीबार १४ औँ दिनमा प्रदर्शनरत छ ।

प्रदर्शनको एक सातापछि कात्तिक २१ देखि ‘परान’ले बक्स अफिसमा ‘जारी २’सँग प्रतिस्पर्धा गरिरहेको छ ।

हिट फिल्म ‘जारी’ सिक्वेल ‘जारी २’सँगको प्रतिस्पर्धामा पनि ‘परान’ हेभिवेट निस्किएको छ । बिहीबारको हकमा ‘जारी २’लाई हलहरुले छुट्याएको शो संख्याभन्दा ‘परान’को बढी छ । ‘परान’ले बिहीबार १९५ भन्दा बढी शो पाउँदा ‘जारी २’ले १३० शो मात्रै पाएको छ ।

यो पनि – समीक्षा ‘जारी २’ : कमजोर सिक्वेल !

एक सातापछि प्रदर्शनमा आएको फिल्मको भन्दा बढी शो पाउनु ‘परान’लाई दर्शकको उच्च साथ छ भन्ने सन्देश हो । बुकिङमा पनि ‘परान’को अकुपेन्सी उच्च देखिन्छ ।

‘जारी २’ले प्रदर्शनको पहिलो दिन २५८ शो पाएको थियो । दयनीय ५८ शो पाएर प्रदर्शनमा आएको ‘परान’ले दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि हलमा चाप बढेको हो ।

यो पनि – समीक्षा : परान भरिएको ‘परान’

१४औँ दिनमा आइपुग्दा ‘परान’को शो प्रदर्शनको पहिलो दिनको भन्दा तेब्बरले बढी छ । पछिल्लो केही दिनयता ‘परान’ले ‘जारी २’को शो खोसेको पाइन्छ ।

‘जारी २’मा नायकहरु दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर शीर्ष भूमिकामा छन् । यसको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन् ।

‘परान’मा नीर शाहको शीर्ष भूमिका रहेको छ । यसको निर्देशक दीपक आर्चाय ‘काकु’ हुन् । परान आचार्यकै कथा हो भने पटकथा यम थापाले लेखेका हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १० : ५१ बजे

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

म्याग्दी– यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी – चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

खालिदा जियालाई राजकीय बिदाइ

ढाका– बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्