दाङ – नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले संसद पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप भएको बताएका छन्।
प्रेस चौतारी दाङले बिहीबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन्।
‘संसद पुनर्स्थापना, संविधान संशोधन, जेनजीसहितको सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप हो’, ज्ञवालीले भने, ‘यथास्थितिमा चुनाव भएको त्यसको कुनै औचित्य हुँदैन्।’
उनले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले अहिले शासन गरेको दाबी समेत गरे।













प्रतिक्रिया