प्रकाश र दयाहाङको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक « Khabarhub

प्रकाश र दयाहाङको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक गरिएका छन् ।

निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको एक पोस्टरमा फिल्मका नायक प्रकाश सपुत र नायिका सिर्जना निङ्लेखु फिचर्ड छन् । अर्को पोस्टरमा नायक दयाहाङ राई र बाल कलाकार शाइसा गौचन फिचर्ड छन् ।

पोस्टरले प्रकाश सपुत सरकारी स्कुलको विद्यार्थी ड्रेस आकासे निलो रङको सर्ट र गाढा निलो रङको पाइन्ट लगाएका छन् । सिर्जनाले शिक्षिकाको पोसाक गुलाबी सारी र ढाकाको ब्लाउज लगाएकी छिन् ।

स्कुललाई पृष्ठभूमिमा पारेर उभिएका उनीहरु दुवै हँसिलो मुद्रामा छन् । उनीहरुको सम्बन्ध शिक्षिका-विद्यार्थीको मात्रै हो कि प्रेमी–प्रेमिकाको हो ? निर्माण पक्षले प्रष्ट पारेको छैन । यो पोस्टरले दर्शकलाई कौतुहलतामा पार्ने देखिन्छ ।

अर्को पोस्टरमा क्षितिजको घामलाई पृष्ठभूमि पारेर दयाहाङ र शाइसालाई प्रस्तुत गरिएको छ । पोस्टर हेर्दा शाइसा दयाहाङको छोरीको भूमिकामा रहेको जस्तो देखिन्छ । तथापि, निर्माण पक्षले उनीहरुको भूमिकाबारे खुलाएको छैन ।

यम शेर्पाको निर्देशनमा रहने यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम जारी छ । यसको लेखक पनि शेर्पा नै हुन् । उनको लेखन र निर्देशन रहेको यो दोस्रो फिल्म हो । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कार्साङ’बाट उनले निर्देशनमा डेब्यू गरेका थिए । जुन फिल्मको नायक दयाहाङ र नायिका सिर्जना नै हुन् ।

प्रकाशले दयाहाङसँग पहिलो पटक यी फिल्मबाट सहकार्य गरेका हुन् ।

यार्शा फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्माताहरु निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १२ : ४९ बजे

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर